देवानगञ्ज, सिरहालगायत स्थानमा भएका घटनाप्रति एनआरएनएको चिन्ता, शान्तिपूर्ण समाधानको आग्रह
barnanmedia.com · Thu Jul 30 22:23:54 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न र समस्याको शान्तिपूर्ण समाधान खोज्न सरकार तथा सबै सरोकारवालालाई आग्रह गरेको छ।
संघका अध्यक्ष डा. हेमराज शर्माद्वारा बिहीबार जारी प्रेस वक्तव्यमा घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र, पूर्ण तथा सफल स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारका लागि आवश्यक स्वास्थ्य सेवा, उपचार र सहयोगको तत्काल व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)