बाढी पीडितका लागि राहत सामग्री सङ्कलन
ratopati.com · Sun Aug 30 16:08:48 GMT 2026

काठमाडौँ। रसुवामा आएको बाढीबाट प्रभावित परिवारका लागि अमृत साइन्स क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले राहत सामग्री सङ्कलन गरेको छ।
बाढीपीडितको सहयोगका लागि विद्यार्थी, प्राध्यापकहरूको सहभागितामा खाद्यान्न, लत्ताकपडा, औषधि लगायतका अत्यावश्यक सामग्री सङ्कलन गरिएको स्ववियुले जनाएको छ। सङ्कलित सामग्री व्यवस्थित गरी छिट्टै रसुवाका प्रभावित क्षेत्रमा पुर्याउने तयारी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)