प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सुदूरपश्चिमेली समाज इजरायलकाे ६ लाख सहयोग
ratopati.com · Sun Aug 30 16:11:32 GMT 2026

महेन्द्रनगर। भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सुदूरपश्चिमेली नेपाली समाज इजरायलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रु ६ लाख ३९ हजार जम्मा गरेको छ ।
बाढीपीडितको उद्धार तथा राहतका लागि सहयोग पुर्याउने उद्देश्य अनरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रकम जम्मा गरिएको सुदूरपश्चिमेली समाज इजरायलका कोषाध्यक्ष ज्योति बुढाले जानकारी दिनुभयो । उहाँले इजरायलमा रहेका सुदूरपश्चिमेली नागरिकले व्यक्तिगत र संस्थागत रुपमा सहयोग सङ्कलन गरी प्रधानमन्त्री कोषमा पठाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)