देवघाटस्थित जंगलमा शव व्यवस्थापन गर्दै सुरक्षाकर्मी
newsofnepal.com · Sun Aug 30 16:12:03 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बगेर त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म आइपुगेका पहिचान हुन नसकेका शवहरू देवघाटस्थित जंगलमा व्यवस्थापन गर्दै सुरक्षाकर्मी । बाढीपछि नारायणी नदी तथा नदी किनारका विभिन्न क्षेत्रमा फेला परेका शवहरू सुरक्षाकर्मीले सङ्कलन गरी भरतपुर अस्पताललगायत सम्बन्धित स्वास्थ्य संस्थामा ल्याएर पहिचानको प्रयास गरेका छन् । पहिचान खुल्न नसकेका शवको डीएनए नमुना सङ्कलन, अभिलेखीकरण तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि देवघाटस्थित जंगलमा सम्मानपूर्वक व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।
शवको संख्या अपेक्षाभन्दा धेरै भएपछि सुरक्षित रूपमा राख्ने स्थानको अभाव र लामो समयसम्म शव व्यवस्थापन गर्नुपर्ने अवस्थाले चुनौती थपिएको छ । बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारलाई भविष्यमा पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवसँग सम्बन्धित विवरण तथा नमुना सुरक्षित राख्दै व्यवस्थापनको प्रक्रिया अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)