सद्भाव र संवादबाट मात्रै समस्या समाधान हुन्छ : आङ्देम्बे
himalpress.com · Fri Jul 31 00:06:11 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशका विभिन्न स्थानमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबैसँग अपिल गरेका छन्।
सुनसरीबाट सुरु भएको तनाव सिरहा, धनुषा र पर्सासम्म फैलिँदा तीन जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल विविधता र सहअस्तित्वको देश भएकाले सामाजिक एकतालाई कमजोर हुन दिन नहुने उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)