लघुवित्तपीडित र सरकारी वार्ता टोलीबीच आज पुनः वार्ता हुँदै
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित संघर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ। यसअघि बिहीबार भएको वार्ता सकारात्मक र समाधानउन्मुख रहेको बताइएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयअनुसार आन्दोलनरत लघुवित्तपीडितहरूसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। उक्त समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहेका छन् भने सदस्यसचिवमा अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)