चालु लाइनमै विद्युत मर्मत सुरु
kendrabindu.com · Mon Jun 29 02:49:34 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु लाइनमा नै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । कायम मुकायम कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट मर्मत थालनी गरेको प्राधिकरणले जानकारी दिएको छ ।
‘उपभोक्ताहरूलाई बिना अवरोध गुणस्तरीय तथा निरन्तर विद्युत् उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक आजबाट चालु अवस्थाको विद्युत् लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको सुरुवात गरेका हौँ,’ लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार यादवले भने, ‘चालु लाइनमै मर्मत–सम्भार गर्ने कार्यलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने उद्देश्यले यो नमुना कार्यको रुपमा सुरुवात गरेका हौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)