मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५
kendrabindu.com · Fri Jul 31 00:38:58 GMT 2026

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर खाएर यो पर्व मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्रचलन प्राचीनकालदेखिको मौलिक परम्पराका रुपमा रहिआएको छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा गरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)