उद्धारका लागि हेलिकप्टर सेवा सहज बनाउन पेशागत संस्थाहरूको संयुक्त अपिल
ratopati.com · Sun Aug 30 16:19:20 GMT 2026

काठमाडौँ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित जलविद्युत् आयोजना तथा समुदायमा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन विभिन्न इन्जिनियरिङ तथा प्राविधिक पेशागत संस्थाहरूले सरकारसमक्ष हेलिकप्टर सेवा सहज बनाउन आइतबार संयुक्त अपिल गरेका छन्।
नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को समन्वयमा नेपाल हाइड्रोपावर एसोसिएसन (NHA), नेपाल टनेलिङ एसोसिएसन (NTA), इन्डिपेन्डेन्ट पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (IPPAN), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स (SCAEF), नेपाल लघुजलविद्युत् विकास संस्था र बीटीए लगायतका संस्थाहरूले विपद् प्रभावित दुर्गम क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)