त्रिशूली–३ ‘ए’मा उद्धारको समय थपिँदै, रातभर सुरुङ खन्ने तयारी
nepallive.com · Sun Aug 30 16:22:02 GMT 2026

काठमाडौं– नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि टोलीले रातभर कामलाई निरन्तरता दिने भएको छ।
तीन दिनदेखि निरन्तर खोजीमा खटिएको टोलीले सुरुङभित्र पुग्ने सम्भावित ‘केबल एक्सेस टनेल’ फेला पारेको छ। उक्त मार्गबाट उद्धार टोलीले भित्र प्रकाश पठाएर फसेका व्यक्तिको संकेत लिन प्रयास गरे पनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)