क्रिकेट विश्वकप–२०२७: आयोजक देशहरूको नाम घोषणा
nepalnews.com · Fri Jul 31 02:03:28 GMT 2026
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा हुने आईसीसी पुरुष क्रिकेट विश्वकपका लागि आयोजक राष्ट्र र प्रतियोगिता सञ्चालन हुने स्थानहरूको औपचारिक घोषणा गरेको छ। प्रतियोगिता दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन्।
आईसीसीका अनुसार प्रतियोगिताका खेलहरू दक्षिण अफ्रिकाका आठ सहर, जिम्बाब्वेका तीन सहर तथा नामिबियाको राजधानी विन्डहोकमा सञ्चालन गरिनेछन्। विश्वकप २४ वर्षपछि पुनः अफ्रिकी भूमिमा फर्किन लागेको हो, जसले महादेशका क्रिकेट समर्थकका लागि ऐतिहासिक अवसर सिर्जना गरेको आईसीसीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)