पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० आरोहीको टोली सम्पर्कविहीन
aarthiknews.com
काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको हिमपहिरोपछि नेपाली मूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली सम्पर्कविहीन भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार मध्याह्नतिर ब्रोड पिकमा हिमपहिरो गएको थियो। घटनापछि टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)