सप्तरीका राजविराज र बोदेबरसाईनमा अनिश्चितकालीन कर्फ्यु
onlinekhabar.com · Fri Jul 31 02:02:43 GMT 2026

१५ साउन, सप्तरी । सप्तरीको राजविराज क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार राति १० बजेदेखि बोदेबरसाईन क्षेत्रमा कर्फ्यु जारी गरेको प्रशासनले आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शुक्रबार बिहान ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि राजविराज क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)