संसद्मा प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना
annapurnapost.com · Fri Jul 31 02:00:23 GMT 2026

काठमाडौं : सुनसरी हुँदै मधेस प्रदेशसम्म साम्प्रदायिक हिंसा फैलिँदा पनि प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ मौन बसेको भन्दै संसद्मा चर्को आलोचना भएको छ। हिंसात्मक घटना बढ्दै गए पनि संसद्लाई कुनै जानकारी नदिएको भन्दै सांसदहरूले प्रधानमन्त्री शाहको चर्को आलोचना गरेका छन्।
प्रमुख प्रतिपक्षी कांग्रेसकी सचेतक वासना थापाले सुनसरी घटनापछि पनि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै कडा आलोचना गरिन्। प्रमुख सचेतक थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै प्रश्न गरिन्। कसैको उक्साहट, अफवाह र घृणाको राजनीतिले सामाजिक सद्भाव भत्काउन नसक्ने भन्दै उनले सम्पूर्ण नेपालीलाई सहिष्णुता र शान्तिको पक्षमा एकजुट हुन आह्वान गरिन्। ‘सुनसरीमा नागरिकको ज्यान जाने गरी सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था किन आयो ?’ उनको प्रश्न थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)