कर तिर्ने नेपालीलाई लखपति बनाउने सरकारको अभियान, सबै वालेटले ग्राहकलाई नोटिफिकेसन पठाउनुपर्ने
techpana.com · Fri Jul 31 02:05:15 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले उपभोक्ताहरूमा बिल माग्ने बानी बसाल्न र कर प्रणालीमा पारदर्शिता ल्याउन 'करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३' कार्यान्वयनमा ल्याउँदै छ । यसै कार्यक्रमलाई प्राविधिक रूपमा सफल पार्न र जनचेतना फैलाउन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सबै भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेटहरूलाई विशेष निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्र अनुसार अब सबै डिजिटल वालेटहरूले आफ्नो मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सँग सम्बन्धित ‘बारम्बार सोधिने प्रश्नहरू’ (FAQ) को छुट्टै खण्ड अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ । करदाताहरूलाई उपहार योजनाको प्रक्रिया र सहभागिताबारे स्पष्ट जानकारी गराउन निर्देशन दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)