पोखराका जुस पसल अस्वस्थ र फोहोरी, ४ वटालाई ५० हजार जरिमाना
ratopati.com · Fri Jul 31 02:10:38 GMT 2026

पोखरा । पोखराका जुस पसल अस्वस्थ भेटिएका छन् । गत सोमबार लेकसाइडस्थित फ्रेस जुस पसलबाट जुस पिएका ४ जना बिरामी परेपछि जिल्ला अनुगमन समितिले यहाँका जुस पसलमा अनुगमनलाई तीव्र पारेको छ । उक्त पसललाई ५० हजार जरिमाना गरिएको थियो ।
त्यसपछि नियमित रूपमा अन्य क्षेत्रका पसलमा पनि अनुगमन भैरहेको छ । बिहीबार राष्ट्र बैंक चोक र शहीद चोकका विभिन्न ७ वटा जुस पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा एक-दुई वटा बाहेक सबैजसो जुस पसलमा सरसफाइ नभएको, व्यवसाय दर्ता नगरेको, नवीकरण नगरेको, नापतौल दर्ता नगरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)