अक्षराको गीतमा छमछमी नाचे न्यान्सी र रिस्ता
ratopati.com · Fri Jul 31 03:07:06 GMT 2026

काठमाडौँ । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज गीत‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ ।निर्माण पक्षले काठमाडौँमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरेको हो । समीक्षा अधिकारीको स्वर रहेको गीत सुरेन्द्र रानाले लेखेका हुन्। गीतको सङ्गीत कर्णराज गिरीले गरेका छन् ।
लोकलयमा आधारित यो गीतको गीतमा फिल्मका मुख्य अभिनेत्रीद्धय न्यान्सी खड्का र रिस्ता अधिकारीले नाचेका छन्। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)