तराई-मधेशको तनाव कम गर्न जिल्ला-जिल्लामा सर्वपक्षीय पहल
kendrabindu.com · Fri Jul 31 03:04:24 GMT 2026

काठमाडौं । सुनसरी घटनापछि सम्भावित असर न्यूनीकरण गर्न विभिन्न जिल्लामा सर्वपक्षीय पहल भइरहेको छ। मधेश प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ।
बिहीबार जनकपुरधाममा मुख्यमन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको समीक्षा गर्दै नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)