वार्षिक ३५ हजार व्यक्ति मानव बेचबिखन तथा तस्करीको जालोमा
nagariknews.nagariknetwork.com · Fri Jul 31 02:57:48 GMT 2026

सामाजिक अभियन्ता तथा चाइल्ड नेटका सेभ नेटका अनिल रघुवंशीले गत वर्ष मात्र ३५ हजार नेपाली मानववेचबिखनमा परेको औंल्याएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांक औंल्याउँदै उनले प्रलोभन, प्रविधिको दुरुपयोग र संगठित ठगी सहित माानववेचबखिनका अपराधहरू बढ्दै गएको बताए। उनले विश्वका ७७ देशबाट यस्तो ठगी हुने भए पनि दक्षिणपूर्वी एसियाबाट मात्र ७४ प्रतिशत हुने गरेको र सो अपराधबाट अर्बौ डलर रुपैया अपचलन भएको औल्याए। बिहीबार मानव बेचबिखनविरुद्धको दिवसमा महिला विकास तथा कानुन मञ्चद्धारा आयोजित सरोकारवालाहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्।
रघुवंशीको अनुसार सन् २०२१ मा एक सय १ जना नेपाली कम्बोडिया पुगेकोमा यो संख्या २०२५ मा ९ हजार ६ सय ७६ पुगेको र ती मध्येमा ४ सय २२ जना नेपालीको उद्दार गरिएको थियो। उद्धार गरिएका मात्र थोरै संंख्यामा मात्र बेचबिखनको मुद्दा चलेको थियो। ठगीमा पर्नेमा धेरैजसो सूचना प्रविधिको जनशक्ति छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)