सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता
tourismface.com · Fri Jul 31 03:16:14 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच अपि–साइपाल तथा कञ्चनजंघा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपी राष्ट्रिय कार्यक्रम निर्देशक हिक्मत सिंह ऐर र सांस्कृतिक संस्थानका तर्फबाट महाप्रबन्धक किरण बाबु पुनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार दुवै संस्थाले सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)