मागअनुसार ग्यास नआएपछि सर्लाहीमा अभाव चर्कियो
barnanmedia.com · Fri Jul 31 03:14:10 GMT 2026

सर्लाहीमा खाना पकाउने एलपी ग्यासको अभाव हुँदा उपभोक्ता समस्यामा परेका छन्। विगत एक सातादेखि सहज रूपमा ग्यास नपाउँदा सर्वसाधारण मारमा परेका हुन्। लालबन्दी नगरपालिका–५, मेजरगन्जकी अम्बिका घिमिरेले पसलमा जाँदा ग्यास नपाएपछि दाउरा बालेर खाना पकाउनुपरेको गुनासो गर्नुभयो।
ग्यास अभावका कारण ग्रामीण क्षेत्रका कतिपय परिवारले दाउराको प्रयोग गर्न थालेका छन् भने सहरी क्षेत्रमा उपभोक्ता बढी प्रभावित भएका छन्। उपभोक्ताले डिलर तथा पसलमा खाली सिलिन्डर लाइनमा राखेर ग्यासको प्रतीक्षा गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)