गाजालाई निःशस्त्रीकरण गर्ने ट्रम्पको योजनामा हमास सहमत
kendrabindu.com · Fri Jul 31 03:24:26 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरणका लागि आफ्नो नेतृत्वमा रहेको ‘बोर्ड अफ पिस’ ले सम्झौता गरेको बताएका छन् । सामाजिक संजाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले यो जानकारी दिएका हुन् ।
हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई आफूहरू गाजामा पूर्ण रूपमा निःशस्त्रीकरण गर्ने ‘बोर्ड अफ पिस’को योजनामा सहमत भएको र चाँडै नै आधिकारिक विज्ञप्ति जारी गरिने बताएका छन् । इजरायलले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)