सम्पर्कविहीन हुनेमा निर्मल पुर्जासहित पाँच नेपाली पर्वतारोही
lokaantar.com

पाकिस्तानको काराकोरम हिमाल श्रृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा गएको भीषण हिमपहिरोमा परी विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाई)सहित १० जना अन्तर्राष्ट्रिय आरोहीहरू सम्पर्कविहीन भएका छन् । बिहीबार मध्याह्नतिर गएको उक्त हिमपहिरोमा परेपछि उनीहरूसँगको सम्पूर्ण सम्पर्क विच्छेद भएको बीबीसीले जनाएको छ ।
‘अल्पाइन क्लब अफ पाकिस्तान’का अनुसार हिमालको चढाइमा रहेको उक्त टोलीसँग हिमपहिरो गएलगत्तैदेखि कुनै पनि किसिमको सञ्चार सम्पर्क हुन सकेको छैन। मौसम र परिचालनको अनुकूलता हेरी जतिसक्दो चाँडो खोजी तथा उद्धार अपरेशन शुरू गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)