राप्रपा रुपन्देहीको अध्यक्षमा पुनः राणा
ratopati.com · Sun Aug 30 16:38:18 GMT 2026

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको सातौँ जिल्ला अधिवेशनले सागर प्रताप राणाको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। आइतबार भैरहवामा सम्पन्न अधिवेशनले सिद्धार्थनगर नगरपालिकाका पूर्वनगर प्रमुखसमेत रहेका राणालाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।
४१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति आइतबार साँझ सर्वसम्मत निर्वाचित भएको राप्रपाले जनाएको छ। नयाँ कार्यसमितिका सदस्यहरूमा विक्रम केसी, आबिद अलि पठान, चुन्न प्रसाद पौडेल, जितेन्द्र केसी खड्का, पदमाकुमारी थापा, तुफेल पठान, गुमानसिंह सोनी, छेदीलाल श्रीवास्तव, नरेन्द्र थापा, भीमप्रसाद पाण्डेय, प्रदीपकुमार कसौधन, शिला पासी, दिनानाथ अहिर यादव, ज्ञानेन्द्र श्रेष्ठ र ओमप्रकाश चौधरी (कुर्मी) रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)