मोरक्कोबाट हजारौं आप्रवासी सिउटा प्रवेश गरेपछि स्पेनद्वारा सेना परिचालन
kendrabindu.com · Fri Jul 31 04:25:54 GMT 2026

म्याड्रिड । मोरक्कोबाट हजारौं आप्रवासी स्पेनको उत्तर अफ्रिकी एन्क्लेभ सिउटामा प्रवेश गरेपछि स्पेनले सुरक्षा व्यवस्था कडा बनाउन सेना परिचालन गरेको छ।
बिहीबार हजारौं आप्रवासी समुद्र तरेर सिउटा पुगेका थिए। यस क्रममा कम्तीमा १५ जनाको डुबेर मृत्यु भएको छ। पछिल्ला दिनमा अवैध रूपमा सीमा पार गर्ने प्रयास बढेपछि स्थानीय प्रशासनले म्याड्रिडसँग सहयोग मागेको थियो। तर बिहीबार सीमा नियन्त्रण नै प्रभावहीन बनेको देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)