तराई–मधेसको घटनामा सामाजिक सद्भाव र संयम कायम राख्न शेखर कोइरालाको अपिल
ratopati.com · Fri Jul 31 04:32:01 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तराई–मधेस क्षेत्रमा हालै भएका संवेदनशील घटनाक्रमहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।
शुक्रबार एक प्रेस नोट जारी गर्दै डा. कोइरालाले नेपाल सदियौँदेखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको स्मरण गराएका छन् । उनले हाम्रो यो अनुपम एकता नै देशको असली शक्ति भएको उल्लेख गर्दै यसलाई बिर्सन नहुनेमा जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)