तराईंका चार जिल्लामा अझै कर्फ्यु, अन्यत्र कडा सुरक्षा
lokaantar.com

सुनसरीको कप्तानगञ्ज क्षेत्रमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सुनसरी, सप्तरी, सिरहा र धनुषाका विभिन्न स्थानमा जारी कर्फ्यु आदेश अझै कायम रहेको छ । जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा अवस्थाको विश्लेषणका आधारमा कर्फ्युलाई निरन्तरता दिएका हुन् ।
सुनसरीमा साउन १२ गते बेलुका ९ बजेदेखि जारी भएको कर्फ्यु अहिले पनि जारी छ । कर्फ्यु इटहरी उपमहानगरपालिका वडा नम्बर १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका वडा नम्बर १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा र दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र तथा भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)