ब्रोड पिक हिमपहिरो: बेपत्ता १० मध्ये दुई जनाको शव फेला, पाकिस्तानी सेनाका दुई हेलिकप्टर परिचालन
nagariknews.nagariknetwork.com · Fri Jul 31 04:46:41 GMT 2026

पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी दुई पर्वतारोहीको शव फेला परेको छ। हिमपहिरोमा परेका १० जना पर्वतारोही बेपत्ता भएका छन्।
हाइकिङ एजेन्सी सेभेन समिट ट्रेक्सका महाप्रबन्धक थानेश्वर गुरागाईंले दुई जनाको शव फेला परेको पुष्टि गरेका छन्। उनका अनुसार अहिले मृतकहरूको पहिचान गर्ने प्रक्रिया भइरहेको छ। हिमपहिरोमा परेर बेपत्ता हुनेहरूमा नेपालका निर्मल पुर्जा (निम्स दाई), पुरबहादुर गुरुङ (युक्ता), किली शेर्पा (किलु), निमा शेर्पा, नावाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन्। यसैगरी ओमानका नाधिरा अहमद अब्दुल्ला अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाका मेलोरी गेइस पनि बेपत्ता सूचीमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)