नेशनल हाइड्रोको स्थगित साधारणसभाकाे नयाँ मिति घोषणा
arthasansar.com · Fri Jul 31 04:48:47 GMT 2026

नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको स्थगित भएको साधारणसभाको लागि नयाँ मिति घोषणा गरिएको छ । यस अघि असार ३१ गतेका लागि बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।
कम्पनीको असार ३२ गते बसेको सञ्चालक समितिको बैठकले अब कम्पनीको २९औं वार्षिक साधारणसभा साउन २२ गते गर्ने निर्णय गरेको छ । उक्त सभा अमृत भोग क्याटेरिङ्ग, कालिकास्थान, काठमाडौंमा बिहान साढे ८ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)