मेची भन्सारबाट छुर्पीको निर्यात एक वर्षमै २७ प्रतिशत बढ्यो, १ अर्ब ७९ करोडको कारोबार
aarthiknews.com

भद्रपुर (झापा) । नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै यसको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा मेची भन्सार कार्यालयबाट मात्रै १ अर्ब ७९ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भएको छुर्पी निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट १ अर्ब ४१ करोड ७१ लाख ४ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)