सामाजिक सद्भाव र आर्थिक वातावरण जोगाउन नाडाको अपिल, शान्ति सुरक्षामा जोड
aarthiknews.com

काठमाडौं । पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा पछिल्लो समय देखिएका अशान्त गतिविधि, हिंसात्मक घटनाक्रम र त्यसबाट सिर्जित असहज परिस्थितिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचारा नेपालको प्रमुख शक्ति भएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)