सद्भाव खोज्दै ‘अशान्त’ मधेस
annapurnapost.com · Fri Jul 31 04:59:06 GMT 2026

जनकपुरधाम/सिरहा/वीरगन्ज : सुनसरीको देवानगन्जमा आइतबार राति दुई समूहबीच झडप भयो। २५ वर्षीय ओमप्रकाश मेहताको मृत्युपछि प्रदर्शनले हिंसात्मक रूप लियो। कोशीबाट सुरु भएको हिंसात्मक गतिविधिले मधेस प्रदेशमा प्रवेश पायो। त्यसैकारण मधेस फेरि अशान्त बनेको छ।
बिहीबार बिहानैदेखि प्रदेशको राजधानी जनकपुरधामसहित आठवटै जिल्लामा धार्मिक संगठनहरूले बजार बन्द गराउँदै प्रदर्शन गर्न थालेपछि अवस्था आक्रामक र उग्र बन्न पुग्यो। प्रदर्शनका क्रममा सिरहाको गोलबजार नगरपालिकामा भएको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)