यातायात सेवा कार्यालय पाल्पाले उठायो २२ करोड १७ लाख राजश्व
annapurnapost.com · Fri Jul 31 05:10:38 GMT 2026

तानसेन : यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले एक बर्षको अवधिमा २२ करोड १७ लाख ७१ हजार ११० रुपैंयाँ राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको अवधिमा कर्यालयले विभिन्न ९ वटा शीर्षकमा गत बर्ष भन्दा २ करोड बढी राजश्व संकलन गरेको हो ।
कार्यालयले आर्थिक बर्ष २०८१/०८२ मा २० करोड १९ लाख २० हजार ८ सय ९० रुपैंयाँ राजश्व संकलन गरेकोमा आ. व. २०८२/०८३ मा २ करोड बढी राजश्व संकलन भएको कार्यालयका निमित्त प्रमुख श्रीराम पाण्डेले बताए । यातायात सेवा कार्यालय पाल्पाले सवारीसाधन कर वापत १७ करोड २९ लाख ८ हजार ५ सय ३५ रुपैंयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट १ लाख २७ हजार, सवारी नविकरण वापत १ करोड १२ लाख ८३ हजार ४ सय ५० रुपैया, सवारीचालक अनुमति पत्र शुल्क वापत २ करोड ८७ लाख ९९ हजार रुपैंयाँ, यातायात क्षेत्रको आम्दानी वापत २६ लाख ६८ हजार ३ सय रुपैंयाँ, आयकर वापत ५९ लाख ८४ हजार ८ सय २५ रुपैंयाँ गरी २२ करोड १७ लाख ७१ हजार १ सय १० रुपैंयाँ राजश्व संकलन भएको निमित्त प्रमुख पाण्डेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)