हमास–इजरायल सम्झौतामा हतियार र फिर्ती सहमति
barnanmedia.com · Fri Jul 31 05:16:24 GMT 2026

काठमाडौँ । हमासका वरिष्ठ अधिकारीहरूले गाजामा युद्ध अन्त्य गर्ने उद्देश्यले इजरायलसँग भएको सहमतिमा समूहका हतियारको व्यवस्थापन तथा गाजा पट्टीबाट इजरायली सेनाको चरणबद्ध फिर्तीसम्बन्धी प्रावधान समावेश गरिएको बताएका छन्। करिब छ महिनादेखि जारी कठिन वार्तापछि सम्भव भएको यो सहमतिसँगै अब कार्यान्वयनको विस्तृत प्रक्रिया तय गर्ने चरण सुरु हुनेछ।
हमासको वार्ता टोलीका सदस्य गाजी हमादका अनुसार गाजाका सर्वसाधारणको हत्या र विस्थापन अन्त्य गर्नका लागि आवश्यक लचकता अपनाइएको हो। सहमतिअनुसार इजरायलले हमासको निःशस्त्रीकरणमा प्रत्यक्ष हस्तक्षेप गर्नेछैन भने हतियारको सूचीकरण, भण्डारण र नियन्त्रणको जिम्मेवारी गाजा प्रशासनका लागि गठित राष्ट्रिय समिति (एनसिएजी) ले लिनेछ। यो प्रक्रिया इजरायली सेनाको चरणबद्ध फिर्तीसँगै समानान्तर रूपमा अघि बढ्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)