धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
ratopati.com · Fri Jul 31 05:30:02 GMT 2026

काठमाडौँ । धनुषाको सबैलाई नगरपालिका वडा नम्बर–१२ स्थित मन्दिर परिसरमा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीले आग्रह गरेको छ । बिहीबार राति ४० वर्षीय बन्ठु राउत कडेरी हनुमान मन्दिर परिसरमा मृत भेटिएका थिए । सुतेको अवस्थामा मृत भेटिएका उनको शरीरमा चोट लागेको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–३ मल्हेनीया घर भएका बन्ठु राउत कडेरीको घटना विशुद्ध आपराधिक व्यक्तिहरूबाट भएको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेले रातोपाटीलाई बताए । प्रेस विज्ञप्ति मार्फत डीएसपी न्यौपानेले भनेका छन्, ‘यसलाई धार्मिक विवादसँग नजोडी शान्ति कायम राख्नेतर्फ सहयोग गर्न सम्पूर्णमा अपिल गर्दछौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)