भारतीय फरेन्सिक टोली काठमाडौँमा, लाङटाङको सुरुङबाट एकको शव निकालियो
ratopati.com · Sun Aug 30 16:46:31 GMT 2026

काठमाडौँ । नेपालमा जारी उद्धार तथा राहत कार्यका सम्बन्धमा भारतीय विदेश मन्त्रालयले पछिल्लो प्रगति विवरण सार्वजनिक गरेको छ । प्राप्त जानकारी अनुसार भारतीय टोलीहरू विभिन्न प्राविधिक र उद्धार क्षेत्रमा सक्रिय रहेका छन् ।
भारतबाट आएको १९ सदस्यीय विशेषज्ञ फरेन्सिक टोलीले आजदेखि काठमाडौँमा आफ्नो कार्य सुरु गरेको छ । यस टोलीले विशेष गरी मृतकहरूको पहिचानका लागि ‘डिएनए’ नमुनाहरूको विश्लेषण र प्रयोगशाला परीक्षणमा नेपाली पक्षलाई सहयोग पुर्याउनेछ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उक्त टोलीलाई भेटी आवश्यक ब्रिफिङ गरेका थिए । टोलीले नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागका अधिकारीहरूसँग समन्वय र छलफल समेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)