ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु
rajdhanidaily.com · Fri Jul 31 05:59:50 GMT 2026

कुवेत । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार उक्त आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको हो ।
सन् २०२६ जुलाई ३० (२०८३ साउन १४ गते) मा भएको उक्त घटना’bout कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएको थियो । नेपाली राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)