मधेशवादी नेताहरूसँग छलफलमा प्रधानमन्त्री
nepalpress.com · Fri Jul 31 06:01:18 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेश केन्द्रित दलका नेतासँग छलफल थालेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी छ। सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ।
छलफलमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सी.के.राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)