रद्द भएका कर्मचारी विज्ञापनको दस्तुर फिर्ता गर्न सरकारको निर्देशन
clickmandu.com · Fri Jul 31 06:04:57 GMT 2026

काठमाडौं । सरकारले विभिन्न कारणले रद्द भएका कर्मचारी पदपूर्तिका विज्ञापनमा उम्मेदवारहरूले बुझाएको दरखास्त दस्तुर फिर्ता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको प्रशासन शाखाले सबै मन्त्रालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई पत्र पठाउँदै रद्द भएका विज्ञापनको दस्तुर उम्मेदवारको खातामा फिर्ता गर्न भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)