सहिष्णुता, सद्भाव र शान्ति कायम राख्न पत्रकार महासंघको आग्रह
ratopati.com · Fri Jul 31 06:13:56 GMT 2026

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पछिल्लो समय सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनाक्रम तथा त्यसपछिका विभिन्न स्थानमा विकसित घटनाले सिर्जना गरेको परिस्थितिप्रति नेपाल गम्भीर चिन्ता व्यक्त गरेको छ ।
महासङ्घले विज्ञप्ति जारी गर्दै यस्तो संवेदनशील अवस्थामा नागरिकको जीवन, सम्पत्ति र मौलिक अधिकारको सुरक्षा सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको स्मरण समेत गराएको छ । साथै संवेदनशील अवस्थामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्तिपूर्ण वातावरण कायम राख्न सबै राजनीतिक दल, धार्मिक समुदाय, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकले उच्च जिम्मेवारी र संयमता प्रदर्शन गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)