सङ्घीय संसद्मा एकैदिन ९ विधेयक दर्ता
ratopati.com · Fri Jul 31 06:18:48 GMT 2026

काठमाडौँ । सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता गराएको छ । साउन १४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ती विधेयकहरू दर्ता भएका हुन्।
दर्ता भएका विधेयकहरूमध्ये ७ वटा प्रतिनिधिसभामा र २ वटा राष्ट्रियसभामा दर्ता गरिएका हुन् । सरकारले यसै आर्थिक वर्षभित्र १६६ वटा विधेयक संसद्मा पुर्याउने लक्ष्य राखेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले ९ विधेयक बिहीबार सचिवालयमा आएको, केही बिहीबार नै र केही शुक्रबार दर्ता भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)