ब्रोड पिकमा हिमपहिरोमा बेपत्तामध्ये दुई शव फेला
nepalviews.com · Fri Jul 31 06:28:49 GMT 2026

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परी बेपत्ता भएका निर्मल पुर्जासहित छ जना नेपाली र अन्य ४ जनाको शुक्रबार खोजी तथा उद्धार अभियान जारी रहँदा दुई जनाको शव फेला परेको छ। प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) र पाकिस्तानी पर्वतारोही सोहेल साखीसहितका पर्वतारोहीहरू बिहीबार दिउँसो हिमपहिरोमा परेपछि बेपत्ता भएका थिए। शवको पहिचान भने नभएको जनाइएको छ ।
पाकिस्तानको अल्पाइन क्लब (एसीपी) का अनुसार १० सदस्यीय टोलीमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ पर्वतारोही सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)