ब्रड पिकबाट आयो आशाको संकेत: सम्पर्कविहीन निम्स दाइको ट्र्याकिङ डिभाइसमा गतिविधि देखियो
barnanmedia.com · Fri Jul 31 06:26:22 GMT 2026
पाकिस्तानको काराकोरम पर्वत शृंखलास्थित ब्रड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सम्बन्धी नयाँ आशाजनक जानकारी सार्वजनिक भएको छ। उनको ट्र्याकिङ डिभाइसमा गतिविधि देखिएको जनाइएको छ।
बीबीसीका अनुसार निर्मल पुर्जाको अवस्थाबारे जानकारी दिने ट्र्याकिङ डिभाइस अझै सक्रिय रहेको र त्यसमा देखिने लोकेसन परिवर्तन भइरहेको छ। पुर्जाका व्यवसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाले ट्र्याकिङ प्रणालीमा डिभाइसको स्थान परिवर्तन भइरहेको जानकारी दिएका हुन्। उनका अनुसार बिहीबार दिउँसो हिमपहिरो भए पनि विस्तृत जानकारी साँझमात्र प्राप्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)