चन्द्रगिरी टिम च्याम्पियन
neplays.com · Sun Aug 30 16:53:00 GMT 2026
काठमाडाैं। चन्द्रागिरी तेक्वान्दो डोजाङले प्रथम न्यु गोकर्णेश्वर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरीले ५ स्वर्ण, ३ रजत र ५ कांस्य जित्यो ।
न्यु गोकर्णेश्वर तेक्वान्दो डोजाङको आयोजनामा गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा भएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ४ कांस्यसाथ लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको ढल्कु तेक्वान्दो डोजाङले ४ स्वर्ण, १ रजत र ३ कांस्य हात पा¥यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)