नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु
lokaantar.com

झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालले बिहीबार दिउँसो करिब १ः३० बजे बुद्धशान्ति–६ टिमाइ खोलास्थित कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका–४ आइतबारे निवासी बुद्धिमान लिम्बूका १० वर्षीय छोरा विषमको मृत्यु भएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)