ट्रम्पको दाबी : हमास पूर्णरुपमा हतियार त्याग्न तयार भयो
annapurnapost.com · Fri Jul 31 06:37:20 GMT 2026

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार गाजामा रहेका हमास तथा अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरण (हतियार त्याग) सुनिश्चित गर्ने उद्देश्यले एक ऐतिहासिक सम्झौता भएको दाबी गरेका छन् । यो घोषणा उनले केही महिनाअघि अमेरिका मध्यस्थ रहेको हमास–इजरायल युद्धविराम सम्झौता सार्वजनिक गरेपछि आएको हो ।
ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा लेखेका छन्, ‘आज बोर्ड अफ पिसले गाजामा रहेका हमास र अन्य सबै सशस्त्र समूहहरूको पूर्ण निःशस्त्रीकरणका लागि ऐतिहासिक सम्झौता गरेको छ । यो दिगो शान्ति र सुरक्षातर्फको अत्यन्त महत्वपूर्ण कदम हो ।’ तर बिहीबार साँझसम्म हमासले यो सम्झौताको पुष्टि गरेको छैन । गाजामा सक्रिय अर्को सशस्त्र समूह प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले शुक्रबार बिहान यो सम्झौताबारे आएका समाचारहरूलाई ‘गलत’ भनेको छ । उक्त समूह पनि हमाससँगै युद्धविराम सम्झौतामा सहभागी थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)