धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको होइन : प्रहरी
nagariknews.nagariknetwork.com · Fri Jul 31 06:28:29 GMT 2026

धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको बन्ठु राउत कडेरी पुजारी नभएको पुष्टि भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी नभएको स्पष्ट गरे। मृत फेला परेका कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यममा समेत सूचना र समाचार सम्प्रेषण भइरहेका सन्दर्भमा प्रदेश प्रहरी प्रमुख अधिकारीले गलत सूचना सम्प्रेषण भएकामा आपत्ति व्यक्त गर्दै यस किसिमको संवेदनशील विषयमा भ्रम नफैलाउन सबैसँग अनुरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)