उत्तेजनाले समाजलाई फाइदा पुर्याउँदैन, आपसी संवाद नै सबैभन्दा ठूलो औषधि हो : शेखर
lokaantar.com

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हाल तराई-मधेश क्षेत्रमा घटेका संवेदनशील घटनाक्रमहरूले आफूलाई चिन्तित बनाएको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेपालको अनुपम एकता नै देशको असली शक्ति भएको उल्लेख गरेका छन्।
नेपाल सदियौंदेखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी रहेको स्मरण गराउँदै नेता कोइरालाले आवेग र उत्तेजनाले समाजलाई कुनै फाइदा नपुर्याउने स्पष्ट पारेका छन्। 'हामीले बिर्सनु हुँदैन, नेपाल सदियौंदेखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो । यो अनुपम एकता नै हाम्रो असली शक्ति हो,' उनले लेखेका छन्, 'आवेग वा उत्तेजनाले समाजलाई फाइदा पुर्याउँदैन। वर्तमान परिस्थितिमा संयम, विवेक र आपसी संवाद नै सबैभन्दा ठूलो औषधि हो।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)