स्मार्ट टेलिकम घोटाला प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
clickmandu.com · Fri Jul 31 07:16:08 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा ढिलाइ गरेर राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको आरोपमा उनलाई ललितपुरको धापाखेलबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हो।
सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार भण्डारीमाथि स्मार्ट टेलिकम घोटाला प्रकरणमा विस्तृत अनुसन्धान सुरु गरिएको छ। निवर्तमान सञ्चारमन्त्री रेखा शर्माको सचिवालयमा विज्ञका रूपमा कार्यरत रहँदै भण्डारी प्राधिकरणको अध्यक्ष नियुक्त भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)