स्मार्ट टेलिकमको सम्पत्ति हिनामिना प्रकरण: प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
techpana.com · Fri Jul 31 07:06:54 GMT 2026

काठमाडौँ । सरकारी नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको अर्बौँ मूल्य बराबरको सम्पत्ति र पूर्वाधार गैरकानुनी रूपमा लिलामी एवं हिनामिना प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भण्डारीलाई बिहीबार राति नियन्त्रणमा लिएको हो ।
स्मार्ट टेलिकमको लाइसेन्स खारेजीपछि सरकारी स्वामित्वमा आउनुपर्ने सम्पत्ति हिनामिना भएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले टेकपानालाई जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)